
जगन्नाथ गाउँपालिका वडा नम्बर ५ को भुकाखोला चिसापानीमा झोलुंगे पुल निर्माण हुँदा त्यहाँका स्थानीयमा खुसीयाली छाएको छ । जगन्नाथ गाउँपालिका र स्वाप साझेदारीमा झोलुंगे पुल निर्माण गरिएको छ। भुकाखोला चिसापानी झोलुंगे पुलको उद्वघाटन जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले गरेका छन्। भुकाखोलामा पुल नहुँदा वर्षौदेखि यहाँका जनताले निकै सास्ती बेहाेर्दै आएकाे अध्यक्ष शाहिले बताए ।
हिउँदको केही महिना खोलामा पानीको सतह घटेको हुँदा स्थानीय र विद्यार्थीहरूलाइ आवतजावत गर्न सजिलो भएपनि बर्खाको सिजनमा आवतजावत गर्न अप्ठ्यारो थियो । स्थानीयकाे असहजतालाइ मध्यनजर गर्दै स्वाप र गाउँपालिकाको साझेदारी पुल निर्माण कार्य गरेको बताए ।
विगत लामो समयदेखि आवतजावत गर्न समस्या झेल्दै आएको र भुकाखोला चिसापानीमा झोलुंगे पुल निर्माण हुँदा आफुहरू निकै खुसि भएको स्थानीय लोकेन्द्र सार्कीले बताए । यस वर्षदेखि बाह्रै महिना भुकाखोलामा आवतजावत गर्न सजिलो भएको उनले बताए ।