१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
Invalid date format १३:२१:oo
Read Time : < 1 मिनेट
समाचार

हामी सत्ताको गणितीय खेलमा छैनौँ : वर्षमान पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२१:oo

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आफूहरू सत्ताको खेलमा नलागेको र २०८४ कै चुनाव पर्खेर बसेको बताएका छन्।

पाल्पामा शुक्रबार मगर राष्ट्रिय मुक्ति मोर्चा रम्भा र पूर्वखोला गाउँपालिका पाल्पाको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले माओवादी सरकारको अंकगणितमा नलाग्ने जिकिर गरेका हुन्।

‘हामी सत्ताको गणितीय खेलमा छैनौँ, ०८४ पर्खेर बस्छौँ,’ पुनले भने, ‘सरकारमा हुँदा गरेका कामबारे जनतालाई बुझाउँछौँ। गर्न नसकेका र गल्ती भएका कुरामा क्षमा माग्छौँ। गल्ती सुधार गरेर जनतातिर फर्कन चाहन्छौँ।’ उनले प्रधानमन्त्री, मन्त्री, सांसद, राजदूत, सचिव र सहसचिव भइसकेका र उत्पीडित समुदाय र जातजातिभित्रका धनी मानिसले समावेशी कोटाबाट अवसर लिने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्नुपर्ने बताएका छन्।