१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
२o८२ जेठ १० शनिबार ११:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाले बनायो हेलिप्याड : दुर्गमका जनतालाइ सहज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार ११:५६:oo

नेपाली सेनाले जिल्लाको दुर्गम तथा विकट पालिकामा हेलिप्याड बनाएर पालिकालाइ हस्तान्तरण गरेको छ।मुगु जिल्लास्थित मुगम कार्मारोङ गाउँपालिकाको केन्द्र पुलुमा हेलिप्याड बनाइ मुगुम कार्मारोङ गाउँपालिकालाई  हस्तान्तरण गरिएको हो ।शुक्रबार उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ थापाले मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालाई नेपाली सेनाद्वारा निर्मित हेलिप्याड हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले नेपाली सेनाको प्रसंशा गरे । उनले  मुगमका जनताले विभिन्न विपत्मा उद्धार तथा राहत समय मै पाएका थिएनन भने सुत्केरी आमा र विरामी जनताले समय मै उपचार नपाउदा अकालमा ज्यान गुमाउनु परेको बताए। पैसा भएर पनि समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउदा ज्यान गुमाउनु परेको थियोस अब पालिकामै मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला जनताले हेलिकप्टरको सेवा लिने छन् भने राज्यले दिने सेवा सुविधा जनताले समयमै पाउनेछन्।

 हेलिप्याड निर्माणले विपत् उद्धार,जटिल प्रसुती आमाको उद्धार तथा प्रकोपहरुमा उद्धार तथा राहत उपलब्धतामा सरोकार निकाय तथा तिनै तहका सरकारहरुलाइ सहज हुने पृतनापती अनुपजंग थापाले बताए। मुगु जिल्लाको मुगुम कार्मारोङका दुई  दर्जन बढी पाटनहरुमा बहुमुल्य बुटि यार्सागुम्बा पाइने भएकाले जिल्ला भित्र र बाहिरका गरेर हजारौ मानिस यार्सा टिप्न यहाँ पुग्ने गर्दछन उच्च हिमाली भुभाग,मौषममा फेरवदल आइरहने,अक्सिजनको कमि,अत्याधिक चिसोका कारण बर्सेन दर्जनौ यार्सा संकलकहरु विरामी हुने र समयमै उपचार नपाउँदा मृत्युको मुखमा पुग्ने भएकाले हेलिप्याड निर्माणले पाटनहरुमा विरामी हुनेहरुको समय मै उद्धार भएर उपचार सेवा पाउने हनुमान ध्वज गुल्मका गुल्मपति खिम बहादुर अधिकारिले बताए ।

हेलिप्याड निर्माणका लागि लागत अनुमान बजेट  १६ लाख ४७ हजार ६ सय ३० रुपैयाँ  पैसा भएपनी निर्माण कम्पनी नवीन निर्माण सेवाले  ८ लाख ४४ हजार एक सय ७३ रुपैयाँ ६० पैसामा निर्माण जिम्मा लिइ २०८२ साल असार १ गते भित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो ।

नेपाली सेनाको हनुमान ध्वज गुल्म हुटु रारा हेलिप्याड निर्माण जिम्मेवार युनिट रहेर नवीन  निर्माण सेवाले  २०८१ साल माघ २५ गते निर्माण सुरु गरि २०८२ जेठ २ गते  निर्माण सम्पन्न गरेपछि शुक्रबार नेपाली सेनाले उक्त हेलिप्याड पालिकालाइ हस्तान्तरण गरेको छ  ।