१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४५:oo
Read Time : < 1 मिनेट
समाचार

रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वाेच्चद्वारा अस्वीकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वाेच्चले आदेश दिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले थुनामुक्त गर्न  अस्वीकार गरेको हो । 

लामिछानेको बन्दी प्रत्यक्षीकरण र थुनामा राख्ने उच्च अदालतको आदेशविरुद्ध दिएको निवेदनमा सर्वाेच्चले शुक्रबार बेलुका अबेर आदेश दिएको हो । थुनामा राख्ने उच्च अदालतको आदेश परिवर्तन गर्नुनपर्ने आदेश भएको सर्वाेच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले बताए। 

उच्च अदालत, तुलसीपुर (बुटवल इजलास)ले थुनामा राख्न आदेश दिएलगत्तै गत २२ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसउता उनी भैरहवा कारागारमा छन्। अब जिल्ला अदालतबाट मुद्दाको फैसलाका आधारमा मात्र उनी थुनामुक्त हुने नहुने तय हुने भएको छ। 

रवि लामिछानेसँगै छविलाल जोशीलाई पनि थुनामै राख्न आदेश भएको छ। 

दिउँसो चार बजे नै सुनुवाइ सकिएकोमा अस्वाभाविक ढिलाइ गरी बेलुका पौने नौ बजे सर्वाेच्च अदालतले आदेश सार्वजनिक गरेको थियो। 

यस्तो छ सर्वाेच्चको आदेश