Skip This
ज्योति विकास बैंकको मोबाइल एपबाट हवाई टिकट खरिद गर्दा क्यासब्याक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ९ शुक्रबार १५:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ज्योति विकास बैंकको मोबाइल एपबाट हवाई टिकट खरिद गर्दा क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार १५:२७:oo

ज्योति विकास बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ज्योति स्मार्ट’मार्फत हवाई टिकट खरिद गर्दा रु. पाँच सय क्यासब्याक प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ।

यस एपबाट देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिद गर्दा पाँच सय रुपैयाँको सर्वाधिक क्यासब्याक प्राप्त हुने बैंकले जनाएको छ। ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा 'Jyoti500' प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त हुनेछ।

यो विशेष अभियान यही जेठ ९ देखि सीमित अवधिका लागि लागू हुने बैंकले जनाएको छ। अभियान अवधिभर ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।