१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
Invalid date format १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपन्न बालबालिकाका लागि छात्रावास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४४:oo

संरक्षणको अभावमा रहेका विपन्न बालबालिकाहरूको सहज पठनपाठनका लागि सल्यानमा छात्रावास सञ्चालन गरिएको छ । जिल्लाको शारदा नगरपालिका– ५ स्थित तल्लो मार्केमा रहेको जनकल्याण आधारभूत विद्यालयले विपन्न बालबालिकाहरूका लागि छात्रावास सञ्चालन गरेको हो । ३० विपन्न बालबालिकालाई मध्यनजर गरी छात्रावास सञ्चालन गरिएको सहायक प्रधानाध्यापक वलीले बताए। उनले भने, ‘चालू शैक्षिक सत्रमा सहाराविहीन, आर्थिक रूपमा विपन्न ३० बालबालिकालाई छात्रावासमा राख्ने योजना बनाएका छाैँ। जसमा हालसम्म २५ बालबालिका छात्रावासमा बस्दै आइरहेका छन् ।’ 

आमाबुबा नभएका, आमाले अर्कैसँग विवाह गरी अन्य परिवारका सदस्यसँग आश्रित बालबालिका र आर्थिक रूपमा निकै कमजोर परिवारका बालबालिकालाई छात्रावासका राखिएको वलीको भनाइ छ। विद्यालयमा अध्यापन गराउने शिक्षक, विद्यालय व्यवस्थापन समिति, समाजका अगुवाहरूको सहकार्यमा आर्थिक संकलन गरी छात्रावासमा रहेका बालबालिकाहरूको खानपिन तथा आभासको व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाथोकीले बताए।

उनले भने, ‘अहिलेसम्म कुनै निकायबाट पनि आर्थिक सहयोग प्राप्त भएको छैन । यसै विद्यालयमा पढाउने शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरूबाट रकम संकलन गरी छात्रावास सञ्चालन गरी रहेका छौँ।’ छात्रावासमा बस्ने बालबालिकाहरूका लागि विद्यालय व्यवस्थापन समिति सदस्य चन्द्रा रेउलेले तीन महिनाका लागि खाना पकाउने, बालबालिकाहरूको सरसफाइ गर्ने प्रतिबद्धता जनाएका छन् भने शिक्षक धना रेउलेले छात्रावासमा नै बसेर साँझ बिहान अतिरिक्त कक्षा पढाउने प्रतिबद्धता जनाएको उनले बताए । 

७१ विद्यार्थी अध्ययनरत रहेका विद्यालयमा विपन्नका लागि छात्रावास सञ्चालन गरेपछि गरिब र विपन्न बालबालिका प्रत्यक्ष लाभान्वित भएको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताए। विद्यालयले साना बालबालिकाको भविष्यप्रति निकै सराहनीय कार्य गरेको भन्दै छात्रावासका लागि भवनलगायतका अन्य क्षेत्रमा सहयोग गर्ने बताए ।