१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
Invalid date format १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा नौजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o५:oo

ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २, साकफारामा बोलेरो गाडी दुर्घटना हुँदा नाैजना घाइते भएका छन् ।  

मेरिङदेन गाउँपालिका– ६, नाल्बोबाट फुङलिङ सदरमुकामतर्फ आउँदै गरेको ज.१च १३१७ नम्बरको बोलेरो गाडीको बेक्र फेल भई सडकको भित्तामा ठक्कर गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा परी गाडीचालकसहित नाैजना घाइते भएको बताइएको छ । घाइतेहरूमा मेरिङदेन गाउँपालि–का ६, नाल्बो बस्ने गाडीचालक २५ वर्षका सांगे शेर्पा, सोही वडा बस्ने १७ वर्षकी दावा शेर्पा, ६८ वर्षका भीम कुमार केदेम लिम्बू, २४ वर्षकी अञ्जना शेर्पा, २६ वर्षकी छुनुमाबो लिम्बू घाइते भएका छन् ।

त्यस्तै, १७ वर्षको दावा चुङ्वा शेर्पा,  २३ वर्षकी फुर्लामु शेर्पा, ५१ वर्षको गुबा शेर्पा र आठराई त्रिवेणी गाउँपालिका– ५, चांगे बस्ने २४ वर्षकी प्रमिला शेर्पा घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।