१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
Invalid date format १३:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार उल्टो बाटो हिँड्यो भने जनविद्रोह हुन सक्छ  ः अध्यक्ष प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४o:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले यस्तै क्रियाकलाप गर्दै गएमा देशमा फेरि नयाँ जनविद्रोह हुने संकेत पलाएको बताएका छन् ।

मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान कार्यक्रमका सन्दर्भमा बागलुङ बजारमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै उनले सरकार उल्टो बाटो हिँड्दै गएको र यदि सच्चिएन भने पुनः जनविद्रोह हुने बताए । 

सरकार यही रूपमा अगाडि बढ्ने हो भने सायद आउने बर्खापछि नेपालमा एउटा शक्तिशाली आन्दोलन घोषणा हुने प्रचण्डले बताए । उनले त्यही आन्दोलनबाट फेरि नेपालमा नयाँ समृद्धिको यात्रा तय हुनेसमेत बताए । 

‘माओवादीले सरकारलाई सच्चिएर जनताको मन जितेर काम गर्न आग्रह गरेको छ, दिनदिनै भ्रष्टाचार भइरहेको छ, अनियमितता भइरहेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यस्तै प्रवृत्तिले सरकार चलाउने हो भने हामी यसको विरुद्धमा नयाँ रूपले आन्दोलन सञ्चालन गर्नेछौँ । यसले देशमा फेरि जनविद्रोह ल्याउनेछ ।’ उनले नयाँ समृद्धिको यात्राका लागि नेकपा माओवादीको नेतृत्व आवश्यक रहेको बताए । 

उनले विगतका आन्दोलनलाई गम्भीरतापूर्वक लिन नसक्दा १० वर्षे जनयुद्ध भएको भन्दै अहिले पनि तिनै पार्टीहरूले सत्ता हाँकेको र उनीहरूको अहमताको कारण नयाँ रूपमा जनविद्रोह आउन सक्ने बताए । 

सरकारले गरिरहेको घमण्डलाई नेकपा माओवादीले सचेत गराइरहेको, तर सरकारले सुन्नै नचाहेका कारण यस्तै अवस्था रहे ठुलो विद्रोह हुन सक्ने बताउँदै सरकारले अझै पनि सच्चिएर देश र जनताको हितमा काम गर्न आग्रह गरेका थिए । 
उनले कार्यकर्तालाई देशको राजनीतिक स्थिरता र समृद्धिको नयाँ यात्रा शुभारम्भका निम्ति माओवादी केन्द्र नै बलियो हुनुपर्ने बताएका थिए । 

जनतासँग प्रत्यक्ष जनसंवादमा जुटेका प्रचण्डले कार्यक्रममा सहभागी दिनबहादुर थापा, अर्जुन चोखाल, राजनकुमार शाक्य सुशीला पौडेलको प्रश्नहरूको सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय र सुशासनको पक्षमा नेकपा माओवादी केन्द्र रहेको बताए । 

उनले केही गर्ने उद्देश्यका साथ आफूहरू आएको र जनताको फैसलाअनुसार नै काम गरेको बताए  । ‘हामीले बिचमा कहीँ कतै बाटो बिरायौँ कि जस्तो पनि लागेको छ । अब हामी सच्चिएर अगाडि बढ्नेछौँ,’ उनले भने, ‘सहिद र बेपत्ता परिवारको घरघरमा पुगेका छौँ । किसानको घरघरमा पुगेका छौँ, पुरानै स्थितिमा छौँ, नयाँ तरिकाले अगाडि बढ्नेछौँ ।’ उनले युवाहरूलाई विदेश पलायनबाट रोक्नका निम्ति नेकपा माओवादीले नयाँ काम गरेको बताए । 

प्रचण्डले सरकार भ्रष्टचारीहरूलाई संरक्षण गर्नेतर्फ लागेको र जनताको कामप्रति उदासीन देखिएको आरोप लगाए । ‘सरकार बिचौलियाको संरक्षणमा छ, दैनिक एयरपोर्टबाट ५०औँ लाखभन्दा बढी भ्रष्टचारको रूपमा सरकारलाई रकम पुगेको छ,’ प्रचण्डले भने, ‘यस्तो प्रवृत्ति तत्काल रोक्न जरुरी रहेको र यसै गरेमा देशमा झनै भ्रष्टाचार र अराजकता बढ्दै जानेछ ।’ 
उनले उत्पादन र उत्पादकत्वलाई जोडेर मुलुकमा आर्थिक क्रान्ति ल्याउने बताए । नेपालमा धेरै सम्भावना भएको हुँदा यहीँ मिहिनेेत गरे आर्थिक क्षेत्रलाई चलयमान गराउन सकिने बताए ।