Skip This
राजसंस्थाबारे देउवालाई दुष्प्रचार गरिएकोप्रति कांग्रेसको आपत्ति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ९ शुक्रबार ११:३४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राजसंस्थाबारे देउवालाई दुष्प्रचार गरिएकोप्रति कांग्रेसको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार ११:३४:oo

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले राजसंस्था पुनर्स्थापनाबारे नबोलेको र नसोचेको विषयमा दुष्प्रचार भएको भन्दै खण्डन गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर गलत सूचना सम्प्रेषण गरेर भ्रम फैलाइएको भन्दै खण्डन गरेका हुन् ।

‘सभापतिले कहीँ नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावनाविपरीत हो । जोसुकैले यस्तो कार्य गरेको भए पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको कांग्रेस निन्दा र भत्र्सना गर्दछ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि कांग्रेस प्रतिबद्ध रहेको भन्दै पौडेलले देउवाले खेलेको भूमिका विज्ञप्तिमा स्मरण गराएका छन् ।