
बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ । चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।