१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४७:oo

सन् १९५१ : जनवादी गणतन्त्र चीनको सरकार र तिब्बती प्रतिनिधिबिच तिब्बतको ‘शान्तिपूर्ण मुक्ति’का लागि बेइजिङमा १७ बुँदे सम्झौता भयो । सम्झौताले तिब्बतमा औपचारिक रूपमा चिनियाँ सार्वभौमसत्ता स्थापित गर्‍यो । 

सन् १४३० : बुरगुन्डियन फौजले फ्रान्सेली किशोरी वीरांगना जोन अफ आर्क कोमपिएगमा पक्राउ गरेर प्रतिद्वन्द्वी अंग्रेजलाई बेचिदिए । 

सन् १९२२ : विश्व चर्चित कार्टुन निर्माता वाल्ट डिज्नीले उनको पहिलो फिल्म कम्पनी ‘लाफ–ओ–ग्राम फिल्मस्’ दर्ता गरे । 

सन् १९४५ : नाजी पार्टीको सैन्य विभाग ‘वाफेन सुट्जस्ट्याफल (एसएस)’का प्रमुख हेनरिक हिमलरले अंग्रेज फौजले पक्राउ गरेको एक दिनपछि हिरासतमै आत्महत्या गरे । 

सन् १९४९ : दोस्रो विश्वयुद्धको अन्त्यदेखि अमेरिका, फ्रान्स र बेलायतको कब्जामा रहेका जर्मन भूमि मिलाएर संघीय गणतन्त्र जर्मनी गठन गरियो, जो शीतयुद्धकालभरि पश्चिम जर्मनीको नामले चिनियो । 

सन् १९५८ : माओत्सेतुङले केही वर्षभित्रै औद्योगिक क्षमतामा बेलायतलाई भेट्ने लक्ष्यसहित ‘महान् अग्रगामी छलाङ’ सुरु गरे । प्रायः सम्पूर्ण कृषि शक्ति निर्माण क्षेत्रमा केन्द्रित भएको र त्यही अवधिमा ठुलो खडेरी देखिँदा त्यहाँ इतिहासकै भयानक भोकमरी सुरु भयो । 

सन् १९६० : इजरायलले अर्जेन्टिनामा ११ दिनअघि पक्राउ परेका पूर्वनाजी पदाधिकारी एडोल्फ आइचम्यानलाई सार्वजनिक गर्‍यो ।

सन् २००१ : मार्को सिफ्रेदी नामक एक आरोहीले सगरमाथाको टुप्पोबाट स्नो–बोर्डमा चिप्दिँदै तल झर्ने रेकर्ड राखे । 

सन् २०१९ : भारतमा भएको आमनिर्वाचनमा भाजपाको जितसँगै नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री बन्ने बाटो खुल्यो । 

सन् २०२१ : बेलारुस सरकारले आफ्नो आकाशमार्गमार्फत भिलनियसतर्फ उडिरहेको रेनायरको विमानलाई लडाकु विमानले पछ्याएर अवतरण गर्न बाध्य पारी दुई प्रतिरोधी अभियन्ता तथा पत्रकार रोमन प्रोटासेभिच र उनकी प्रेमिका सोफिया सपेगालाई पक्राउ गर्‍यो ।