Skip This
समाचार प्रभाव : श्रीमतीको नाममा सेवा सुविधा लिँदै आएका गण्डकीका सभामुखले कार्यालय सहयोगीबाट हटाए श्रीमतीलाई
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
Invalid date format १८:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समाचार प्रभाव : श्रीमतीको नाममा सेवा सुविधा लिँदै आएका गण्डकीका सभामुखले कार्यालय सहयोगीबाट हटाए श्रीमतीलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

निजी सचिवालयको दुरुपयोग गर्दै श्रीमतीको नाममा कार्यालय सहयोगीको सेवा सुविधा लिँदै आएका गण्डकी प्रदेश सभाका सभामुखले श्रीमतीलाई हटाएका छन्।

गण्डकीका सभामुख कृष्ण धितालले आफ्नो निजी सचिवालयमा काठमाडौं बस्दै आएका छोरीज्वाइँ र कार्यालय सहयोगीमा आफ्नै श्रीमतीलाई राखेर सेवा सुविधा लिँदै निजी सचिवालयको दुरुपयोग गरेका थिए। गत २५ चैतमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि सभामुख धितालले श्रीमतीलाई कार्यालय सहयोगीबाट हटाएका हुन्।

श्रीमती लक्ष्मीदेवी धिताललाई निजी सचिवालयको कार्यालय सहयोगीको रूपमा राखेर कार्यालय सहयोगी प्रथम तहको सेवा सुविधा लिँदै आएका सभामुखले नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि १ वैशाखदेखि लागू हुने गरी हटाएको पत्र प्रदेश सभा सचिवालयलाई दिएका हुन्। सभामुख धितालले पठाएको पत्र वैशाख दोस्रो साता मात्र प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो। दर्ता भएको पत्रबारे यसअघि कसैले जानकारी दिन भने चाहेका थिएनन्। सचिवालयमा पत्र दर्ता भए पनि त्यसलाई गोप्यजस्तै गरी राखिएको थियो।

सभामुख धितालले पठाएको पत्रमा कार्यालय सहयोगी लक्ष्मीदेवी धितालले स्वास्थ्य तथा पारिवारिक कारणले काम गर्न असमर्थ भएकाले कार्यालय सहयोगीको रूपमा नरहने व्यहोरा उल्लेख गरेकी छिन्।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङीमगरका अनुसार सभामुख धितालले सचिवालयमा पत्र पठाएर १ वैशाखबाट लागू हुने गरी कार्यालय सहयोगी हटाएको जानकारी दिएका थिए। आफू केही दिनअघि मात्र सरुवा भएर आएकाले सबै कुरा आफूलाई थाहा नभएको उनले बताए।

सभामुखले श्रीमतीसँगै कान्छी छोरीका श्रीमान् गोरखा घर भएका र हाल काठमाडौं बस्दै आएका प्रदीप शाहलाई पाँचौँ तहको सेवा सुविधा लिने गरी स्वकीय सचिवमा नियुक्त गरेका थिए। पाँचौँ तहको मासिक सुविधा ३४ हजार ७३० र प्रथम तहको २४ हजार ७०२ रुपैयाँ पाउने व्यवस्था छ। ४ मंसिर ०७९ मा सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धिताल गोरखा १ (क)बाट निर्वाचित भएका थिए। उनी ३० पुस ०७९ मा सभामुखमा नियुक्त भएका थिए। धिताल सभामुखमा नियुक्त भएपछि निजी सचिवालयमा छोरीज्वाइँलाई र केही महिनापछि श्रीमतीलाई नियुक्त गरेका थिए।

कानुनअनुसार सभामुखको निजी सचिवालयमा अधिकृतस्तरका एकजना स्वकीय सचिव र एकजना  सञ्चारविज्ञ गरी दुई, पाँचौँ तहको स्वकीय सचिव एक तथा प्रथम तहको एक सवारीचालक र एक कार्यालय सहयोगी गरी दुईसँगै कुल पाँचजना नियुक्त गर्न पाउने व्यवस्था छ। सभामुखले सचिवलायमा आवश्यक योग्यताअनुसार कर्मचारी राख्न सकेका छैनन्। जसका कारण दुवै स्वकीय सचिवले पाँचौँ तहको सेवा मात्र प्रदेश सभाबाट लिने गरेका छन्।

आफन्त राखेर सेवा सुविधा लिएको सम्बन्धमा सभामुख धितालले काठमाडौंमा समेत काम परिरहने भएकाले कामका लागि काठमाडौं रहेका ज्वाइँलाई सचिवालयमा राखेको र निवासमा भात पकाउनका लागि मान्छे आवश्यक पर्ने भएकाले अर्को मान्छेभन्दा श्रीमतीलाई राख्दा सजिलो हुने भएकाले कार्यालय सहयोगीको रूपमा राखेको जवाफ दिए। उनले, ‘भात पकाउने मान्छे हाे, आफ्नो श्रीमती राख्दा के फरक पर्छ र ?’ भन्दै उल्टै प्रश्न गरेका थिए।