
नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी प्रवेश गरेकाे छ । बिहीबार पूर्वी रुकुमबाट बागलुङ प्रवेश गरेको टोलीलाई भव्य स्वागत गरिएको छ । माओवादी गण्डकीका नेता–कार्यकर्ताहरू अहिले बागलुङमा केन्द्रित भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टिमलाई बाजागाजासहित बागलुङबाट गण्डकी प्रवेश गराइएको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।
बिहीबार बुर्तिबाङ र गल्कोटमा जागरण अभियान कार्यक्रम हुँदै छ । उक्त टोली आज ताराखोलामा बास बस्नेछ भने शुक्रबार बागलुङ बजार हुँदै कुश्मामा विशेष कार्यक्रम हुनेछ ।