
थाइल्यान्डबाट गाँजा लिएर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट अवैध लागुऔषध गाँजा करिब चार किलो ४८० ग्रामसहित भारतीय नागरिक २३ वर्षीय श्रीनिष कालाथिल बुधबार राति पक्राउ परेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।
पछिल्लो समय दैनिकजसो विमानस्थलमा थाइल्यान्डबाट आएका भारतीय गाँजासहित पक्राउ परिरहेका छन्।