Skip This
एमाले धनुषाको मतगणना जारी, महासेठ समूह अगाडि 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ जेठ ८ बिहीबार o९:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले धनुषाको मतगणना जारी, महासेठ समूह अगाडि 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार o९:२९:oo

नेकपा एमाले धनुषा जिल्लाको अधिवेशनअन्तर्गत बुधबार साँझ सम्पन्न मतदानको मतगणना जारी छ । मतगणना बुधबार रातिदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडि रहेको महेन्द्रनारायण मिथिला सांस्कृतिक भवनमा भइरहेको छ ।

बिहीबार ८ बजेसम्म १५६ मत मात्रै मतगणना गरिएको छ । १५६ मध्ये पार्टीका  केन्द्रीय सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका भोला यादवले ९१ मत र केन्द्रीय सदस्य उमाशंकर अरगडिया समूहका उम्मेदवार लक्ष्मीनारायण यादवले ६३ मत पाएका छन् । अर्थात् पहिलो चरणकाे मतगणनामा महासेठ समूह अगाडि देखिएका छन् । 

अधिवेशनमा कुल ६२८ जना मतदाता रहेको ६१५ जनाले मतदान गरेका थिए । यसअघि २२ वैशाखमा मतदान हुनुअघि दुवै पक्षबिच कुटाकुट हुँदा मतदान स्थगित भएको थियो । पछि केन्द्रीय नेतृत्वले शान्तिपूर्ण ढंगले मतदान सम्पन्न गर्न कडा निर्देशन दिएपछि ७ जेठमा मतदानको मिति तोकिएको थियो । अध्यक्ष पदका उम्मेदवार भोला यादव निवर्तमान उपाध्यक्ष र लक्ष्मीनारायण यादव प्रदेश लेखा समितिका संयोजक हुन् । एमाले धनुषामा पहिलोपटक निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन भइरहेको बताइएको छ ।