
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त कानुनविपरीत गरेको बताएका छन्। बुधबार अर्थ समितिमा बोल्दै सांसद शाहीले यस्तो बताएका हुन्।
उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको दाबी गरे। उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन नहुने व्यवस्था रहेको स्मरण गराए।
गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञानसमेत नभएको शाहीको आरोप थियो। उनले नवनियुक्त गभर्नर पौडेलको पढाइ कृषि विषयमा रहेको दाबी गरे।