Skip This
भीमफेदीमा सवारी दुर्घटना हुँदा १४ जना घाइते, तीनको अवस्था गम्भीर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
Invalid date format १५:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमफेदीमा सवारी दुर्घटना हुँदा १४ जना घाइते, तीनको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर छ।

मंगलबार दिउँसो १ बजेको समयमा भीमफेदी गाउँपालिका– ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्ठी मोडमा यात्रुवाहक विंगर गाडी दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विंगर सडकबाट २० मिटर तल खसेको छ। ब्रेक फेल भई सडकबाट तल खस्दा दुर्घटनाग्रस्त गाडी सल्लाको रुखमा अड्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडीका चालकसहित १४ जना घाइते भएका छन्। जसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घाइतेहरूको उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।