Skip This
गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी छैन : गृहमन्त्री
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी छैन : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

गृहमन्त्री रमेश लेखकले गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी नरहेको बताएका छन्।

आज (मंगलबार) राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँगकाे अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संविधानले नागरिकलाई सूचनाको हकको अधिकार दिएको, तर मुलुकको शान्तिसुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध, कूटनीतिक सम्बन्धलगायतका सूचनाहरू दिन जरुरी नरहेको स्पष्ट पारे।

उनले यी सूचनाहरू मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने जिकिर गरे। उनले यसले मुलुकलाई अराजकतामा लैजाने बताए। संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी रहेको उल्लेख गरे। गृहमन्त्री लेखकले सूचना नलुकाईकन दिन पनि आग्रह गरे। सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा लेखेर दिन आग्रह गरे।