Skip This
सुमना श्रेष्ठ भन्छिन्– आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजीपीडितले न्याय पाएनन्
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Friday, 08 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ६ मंगलबार १२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुमना श्रेष्ठ भन्छिन्– आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजीपीडितले न्याय पाएनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १२:३६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजीपीडितहरूको विषय आयोगमाथि आयोग थप्ने काम मात्र भएको बताएकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले यसअघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो, अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको भन्दै यसरी आयोग मात्र थपेर पीडितले न्याय नपाउने बताइन् ।

उनले भनिन्, ‘मिटरब्याजीहरूले न्याय कहिले पाउँछन् । तर, पीडितलाई पीडित बनाइएको छ । कति समय अझ आन्दोलन गराइरहने ? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या बेवास्ता गर्ने राज्यको यो कस्तो नीति हो ?’

यस्तै, उनले मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कहीँ कतै भाग छ भनेर शंका उत्पन्न हुने गरी काम नगरियोस् भन्दै मिटरब्याजीपीडितहरूलाई न्याय दिनुपर्ने माग गरेकी छिन् ।