Skip This
ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका वाशिङ्टन
२o८२ जेठ ६ मंगलबार १२:२७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वाशिङ्टन
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १२:२७:oo

अमेरिकामा रहेका तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट प्रक्रिया सुरु गर्न सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई अनुमति दिएको छ ।

यसअघि क्यालिफोर्नियाका न्यायाधीशले गत महिना वैधता सकिएकालाई टेम्पोररी प्रोटेक्सन स्ट्याट्स (टिपिएस)मार्फत अमेरिकामा नै राख्न सर्कुलर गरेपछि यो निर्णय भएको हो ।

आफ्नो देशमा युद्ध र प्राकृतिक विपत्तिलगायत अवस्थाका कारण बस्न नसकिने अवस्था भएमा टिपिएस लागू गरिनेछ ।

ट्रम्पले सन् २०२५ को अप्रिलमा नै टिपिएसअन्तर्गत रहनेकाे वैध अस्तित्व समाप्त गर्न चाहेका थिए । जबकि उनीहरूले भने सन् २०२६ सम्म यसलाई लम्ब्याउन चाहेका थिए ।