
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आज वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। कोशी तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले आज दिउँसो ३ बजे प्रदेश सभामा आगामी आर्थिक वर्ष ०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको निमित्त सचिव गौतमराज अमात्यले जानकारी गराए ।
जम्मा ९३ जना प्रदेश सांसद रहेको कोशी प्रदेशमा हाल नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको सरकार छ। माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विपक्षमा छन् । कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन्।