
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीनजिकै रहेको घाघरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। सदरमुकाम मार्तडीमा पर्ने बडिमालिका नगरपालिका– २, घाघर बस्ने अन्दाजी ६० वर्षीय रूपजंग कार्की आइतबार साँझ ४:१५ बजे सोही ठाउँको घाघरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घटनासम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ रहेको छ।