१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
एजेन्सी गाजापट्टी
२o८२ जेठ ५ सोमबार o९:१o:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इजरायली हमलामा १२५ को मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी, गाजापट्टी
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार o९:१o:oo

 इजरायली हमलामा गाजामा १२५ जनाको मृत्यु भएको छ । इजरायली सेनाले शनिबार रातभर र आइतबार गरेका हमलामा गाजामा सो संख्यामा मानिसहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ जना बालबालिका र १३ महिला रहेका छन् । हमलामा दर्जनौँ घाइते भएका अस्पताल र चिकित्सकहरूले बताएका छन् ।

इजरायलले डेढ वर्षपछि गाजामा युद्ध चर्काएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४५ जनाभन्दा बढी मारिएका थिए । इजरायली सेनाले विस्थापित बसोवास गरिरहेका शिविर र घरलाई निसाना बनाएको प्राप्त विवरणमा जनाइएको छ ।

इजरायली सेनाले उत्तरी गाजामा रहेको जबालिया शरणार्थी शिविरमा हमला गर्दा एउटै परिवारका नौजनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाले जनाएको छ । त्यस्तै, जबालियास्थित अकोए निवासमा भएको आक्रमणमा सात बालबालिकासहित १० जनाको मृत्यु भएको छ । इजरायली सेनाले रातभरि भएका हमला र त्यहाँ भएका गैरसैनिकको मृत्युबारे कुनै टिप्पणी गरेको छैन ।