१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
Invalid date format २o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाराबाट लागुऔषधसहित पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o३:oo

बाराको निजगढ नगरपालिका–४ स्थित मोहरी पार्कबाट लागुऔषध ट्रमाडोल, एन्टीकफ र डेभोक्सिन ट्याबलेटसहिद पाँचजना पक्राउ परेका छन्।

मोहरी पार्कमा प्रतिबन्धित लागुऔषध खरिद बिक्री भइरहेको भन्ने सुचनालाई पछ्याउँदै गएको ईलाका प्रहरी कार्यालय निजगढले खरिद बिक्री तथा सेवन गरिरहेको अवस्थामा लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीेले जनाएको छ।

मकवानपुरको बकैया गाउँपालिका–६ भालु खोला बस्ने २५ वर्षीय विजय योञ्जन, बाराको निजगढ नगरपालिका–१० चौकीटोल बस्ने २८ वर्षीय प्रेम वाईबा, सोही स्थानका २२ वर्षीय धनबहादुर थिङ, ३० वर्षीय ज्ञानबहादुर घलान र २४ वर्षीय अमृत दुलाललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

उनीहरुको साथबाट ५ पिस सेवन गरी बाँकी रहेको ५६५ पिस ट्रमाडोल, ७ पिस सेवन गरी बाँकी रहेको ४३ पिस एन्टीकफ ट्याब्लेट र ४ पिस सेवन गरी बाँकी रहेको ४६ पिस डेभोक्सिनसमेत बरामद भएको प्रहरीले जनाएको छ।