
हुन्डी कारोबारको आरोपमा एक युवक न्युरोडमा पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे- ४ घर भएका २४ वर्षीय संजय बस्नेतलाई प्रहरीले २० लाख २९ हजार ६ सय २० रुपैयाँसहित पक्राउ गरेको हो।
सुराकीको आधारमा उनलाई जुद्धसालिक नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए।