
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २.७९ अंक घटेको छ । २.७९ अंक घटेपछि नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ । आजसहित लगातार छैटौँ दिन सेयर बजार घटेको हो ।
बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन सात अर्ब आठ करोडको कारोबार भएकोमा आज आठ अर्ब ५० करोडको भयो । १०० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने एउटाको स्थिर रह्यो ।