१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा जुवातास खेलिरहेका १७ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:११:oo

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंका दुई स्थानबाट १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका– ८, जयबागेश्वरीबाट सातजना र काठमाडौं–२९, अनामनगरबाट १० जना पक्राउ परेका हुन्।

जयबागेश्वरीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगतसमेत सातजनालाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख सात हजार ९१५ रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो।

यसैगरी अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका– ३ बस्ने दोलखा भीमेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामजी बस्नेतसहित १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ५७ हजार चार सय रुपैयाँ र नाै बुक ताससहित पक्राउ गरेको हो।