म्युजिक भिडियो खेल्ने रहर छ : रेश्मा भण्डारी

अलग पाटो

२०७६ जेठ २९ बुधबार १०:४७:००

भलिबल खेलाडी

फुर्सदको समयमा केही नयाँ गरौँजस्तो लाग्छ । खेलभन्दा फरक र आफूलाई पनि रहर भएको काम गर्न पाए हुन्थ्यो भन्ने छ । भन्नैपर्दा, मोडलिङ तथा म्युजिक भिडियो खेल्ने रहर छ ।  केही समयअघि मैले एउटा मोडलिङ प्रतियोगितामा भाग लिएकी थिएँ । सुपर मोडल नामक प्रतियोगितामा भाग लिँदा मोडलिङको अनुभव सँगालेकी छु । त्यो अनुभवले गर्दा मोडलिङ गर्नचाहिँ सक्छु भन्ने आत्मविश्वास छ । केही समयअघि मोडलिङको अफर आएको थियो । त्यहीवेला गेम परेकोले गर्न पाइनँ । किनकि, भलिबल नै मेरो पहिलो रोजाइ हो । 

म्युजिक भिडियोमा अभिनय गर्न सामान्य सिकाइले पुग्छजस्तो लाग्छ । अवसर र समय मिल्यो भने राम्रो म्युजिक भिडियो पाए खेल्न सक्छु । यसअघि लोक गीतको लागि अफर आएको थियो । तर, लोकगीतमा खास रुचि नभएकोले गरिनँ ।  म प्रायः म्युजिक भिडियो हेर्छु । पछिल्लो समयमा धेरै राम्रा बनेका छन् । यदि मलाई म्युजिक भिडियो खेल्ने र अपोजिटको कलाकार छान्ने अवसर पाएँ भने म पल शाहलाई रोज्छु । उनको अभिनय मलाई मनपर्छ ।

उनी अभिनीत म्युजिक भिडियो तथा फिल्म नछुटाई हेर्छु । भर्खरै मात्र उनी अभिनीत चलचित्र वीरविक्रम –२ हेरेकी थिएँ । उनको अभिनय एकदम मन पर्छ । उनी नेपाली सिनेमाको राम्रो नायक हुन् । सबै खालको भूमिकामा फिट हुन्छन् । त्यसकारण अवसर मिल्यो भने उनको अपोजिट खेल्ने रहर छ । फिल्म खेल्ने अफर आएमा चाहिँ स्विकार्दिनँ । मलाई फिल्म खेल्ने रहर छैन । रहर भएर मात्रै पनि हुँदैन । अभिनय गर्न जान्नुपर्छ । खेलाडी हुँ । मसँग अभिनय गर्ने क्षमता छैन ।

 

 

प्रतिकृया दिनुहोस