१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
२o८२ जेठ ४ आइतबार १३:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १३:२५:oo

गत साता आएको हुरीसहितको वर्षाले केरा खेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले बताए ।

उनका अनुसार गत बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केरा खेतीमा क्षति पुगेको छ । ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उनको भनाइ छ । शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नं. २३ र २६ मा केरा खेतीमा क्षति पुगेको छ । साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ ।

केरा खेती गर्दै आएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पुर्‍याएको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केरा खेतीमा भएको क्षतिको विवरण संकलन भइरहेको बताए । जिल्लामा हाल मालभोग, चिनी चम्पा र जी–९ जातको केरा खेती हुँदै आएको छ । तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा सात सयभन्दा बढी किसानले केरा खेती गर्दै आएका छन् ।