१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
Invalid date format o९:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुटवल–भैरहवामा हुन्डाईद्वारा क्रेटा इभी सार्वजनिक, ३० भन्दा बढी बुकिङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२९:oo

नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम मणिग्राममा सम्पन्न गरेको छ  ।

सिद्धिविनायक मोटोकर्प प्रालि बुटवल र जगत् मोटर्स प्रालि भैरहवाको संयुक्त आयोजनामा भएको कार्यक्रममा ३० भन्दा बढी क्रेटा इभी युनिटको बुकिङ भएको र १० युनिटको हस्तान्तरण गरिएको जगत् मोटर्स प्रालिका सञ्चालक रिश्चल थापाले जानकारी दिए ।

हुन्डाई गाडीप्रति ग्राहकको उल्लेखनीय उत्साह, विश्वास र सहभागिता अत्यन्त सकारात्मक रहेको जगत् मोटर्सका सञ्चालक थापाले बताए । क्रेटा इभीको आगमनसँगै विद्युतीय सवारीप्रति देखिएको अन्योल हटाउँदै, हुन्डाईले ग्राहकलाई अझ सजिलै निर्णय गर्न सहयोग गरेको छ । आइसिई र इभी मोडेलहरू एउटै प्लाटफर्ममा आधारित भएकाले स्पेयर पार्टस्, सेवा–सुविधा र दीर्घकालीन ब्रान्ड सपोर्टमा कुनै समस्या नहुने थापाले विश्वास व्यक्त गरे  ।

लक्ष्मी हुन्डाईले रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गर्दै हालसम्म देशभर ६६ डिसी र एसी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ । यसले इभी गाडी लिन चाहने ग्राहकलाई थप सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ । 

यसै क्रममा कम्पनीको व्यवस्थापन टोली देशभरका विभिन्न सहरमा डिलरसँगको भेटघाट र अन्तरक्रिया गर्दै हुन्डाई ब्रान्डप्रति जनविश्वास अभिवृद्धिमा सक्रिय रहँदै आएको बताइएको छ ।