Skip This
विपिनको रिहाइमा कतारले थप पहल गर्ने र बिपी राजमार्ग मर्मतका लागि जापानको आश्वासन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
Invalid date format o६:o१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विपिनको रिहाइमा कतारले थप पहल गर्ने र बिपी राजमार्ग मर्मतका लागि जापानको आश्वासन

विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o१:oo

सगरमाथा संवादमा सहभागी हुन आएका विदेशी प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् । भेटमा जापानका प्रतिनिधिले गत वर्ष बाढीले क्षति गरेको बिपी राजमार्ग पुनर्निर्माणको आश्वासन र कतारका प्रतिनिधिले हमासको कब्जामा रहेका विपिन जोशी रिहाइका लागि पहल गर्ने बताएका छन् । 

जापानका परराष्ट्र उपमन्त्री इक्युुना आकिकोले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणासँग बेग्लाबेग्लै भेट गरेकी छिन् । प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै अनुुकूूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपत् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव नेपालका लागि उपयोगी हुने विश्वास जनाए ।

उपमन्त्री इक्युुनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताइन् । परराष्ट्रमन्त्री राणाले सिन्धुली–बर्दीवास (बिपी राजमार्ग)को पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन गरेको उनका प्रेस सल्लाहकार एकराज पाठकले बताए । 

गत वर्ष आएको अविरल वर्षाका कारण बिपी राजमार्गमा ठूलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग जापानी उपमन्त्रीको भेटका क्रममा नेपालका लागि जापानी राजदूत माइदा तोरु र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । 

यस्तै, प्रधानमन्त्री ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायुु मामिला प्रतिनिधि मुख्तर बाबायेभले पनि भेट गरे । भेटमा प्रधानमन्त्रीले हिमालदेखि समुद्रसम्मको अवधारणमा ठुला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरूले साझा प्रयास चाल्नुुपर्ने बताए । 

विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देश विश्व समुुदायसमक्ष पुर्‍याउने उल्लेख गरे । 

परराष्ट्रमन्त्री राणासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेट गरेका छन् । राणाले बिमस्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता जनाएकी थिइन् । 

बिमस्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे पनि कुराकानी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री राणासँग शनिबारै किर्गिस्तानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि भेट गरेकी छिन् । 

विपिन जोशीको रिहाइ पहल
परराष्ट्रमन्त्री राणाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर इस्माइल अल दफासँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको अवस्था र स्वदेश फिर्तीबारे थप पहलका लागि आग्रह गरेकी छिन् । कतारी विशेष दूत दफाले शनिबार परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गरेका थिए । सो क्रममा परराष्ट्रमन्त्री राणाले जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गरिन् । साथै, उनले यस विषयमा निरन्तर पहल जारी राख्न र रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरेकी थिइन् । 

यसअघि पनि परराष्ट्रमन्त्री राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरेकी थिइन् । सन् २०२३ अक्टोबरदेखि हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न परराष्ट्रमन्त्री राणाले विश्व समुदायसँग आग्रह गर्दै आएकी छिन् ।