१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार

परराष्ट्रमन्त्री डा. राणा र बिमस्टेकका महासचिवबिच शिष्टाचार भेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४७:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन्। 

त्यस अवसरमा मन्त्री डा. राणाले बिमस्टेकका उद्देश्य र सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धता दोहोर्‍याएकी थिइन्। सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका पाण्डेले आज मन्त्री डा. राणासँग साइडलाइन भेट गरेका हुन्। 

साथै, बिमस्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा पनि कुराकानी भएको थियो।

परराष्ट्रमन्त्री डा. राणासँग किर्गिस्तानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आजै शिष्टाचार भेटवार्ता गरेका छन्। सगरमाथा संवादका लागि नेपालमा रहेकी निदाराले मन्त्री डा. राणासँग आज होटेल सोल्टीमा शिष्टाचार भेटवार्ता गरेकी हुन्। भेटका क्रममा मन्त्री डा. राणाले उनलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरेकी थिइन्।

साथै, सो भेटमा किर्गिस्तान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युतलगायतका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा पनि कुराकानी भएको थियो।