१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीसँग जापानका परराष्ट्र उपमन्त्रीको भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेकी जापानकी परराष्ट्र उपमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेट गरेकी छिन्।

प्रधानमन्त्रीनिवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई धन्यवाद दिए। प्रधानमन्त्री ओलीले अनुकूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपत् जोखिम न्यूनीकरणमा जापानी अनुभव आफूहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। 

उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै  बहुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताए।

भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरू, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।