१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पश्चिम सेती जलविद्युत् परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत् परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन्।

‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’का क्रममा डोटीको दिपायलमा आयोजित भव्य जनसभामा बोल्दै उनले पश्चिम सेती जलविद्युत् परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफू गम्भीर रहेको बताएका हुन्।

प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा लोकमार्गको प्रस्ताव अघि सारेको बताए। उनले भने, ‘पहिलोचोटी प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मध्य पहाड र हिमालमा बस्ने जनताको हितलाई विचार गरेर, राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान चलोस्, यस क्षेत्रबाट बसाइँसराइको विकराल समस्या देखिएको छ, त्यसलाई रोक्न सकिन्छ भन्ने उद्देश्यले मैले नै प्रस्ताव गरेको हुँ। अहिले यो सम्पन्न हुँदै छ।’