१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
Invalid date format १४:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दमकका पूर्वप्रमुख बुढाथोकीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५o:oo

दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ। दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९: ५५ बजे आफ्नै निवासमा निधन भएको हो। उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। 

विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा (एमाले)बाट नगरप्रमुखमा निर्वाचित भएका थिए। पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए।

उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ। पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेका छन्। उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्‍याएको  योगदान सदैव स्मरणीय रहने उल्लेख गरेका छन्।