१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
२o८२ जेठ ३ शनिबार १३:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

यू-१६ क्रिकेट : सुदूरपश्चिम छनोटको तालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार १३:३४:oo

एसिसी मेन्स यू–१६ इस्ट जोन कप, २०२५ को सुदूरपश्चिम छनोट बैतडीमा हुने भएको छ । प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ र बैतडी जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा नेपाल क्रिकेट संघमा अबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ । 

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला छन् ।

यही जेठ ८ गते हुने पहिलो तथा उद्घाटन खेल बैतडी र बझाङबीच हुनेछ । सोही दिन हुने अर्को खेल डडेल्धुरा र डोटीबीच प्रतिस्पर्धा हुनेछ । 

जेठ ९ गते बैतडी र डडेल्धुरा र बझाङ र डोटीबीच हुनेछ भने जेठ १० गते डडेल्धुरा र बझाङ तथा बैतडी र डोटीबीच हुनेछ । जेठ ११ गते अछाम र कैलाली तथा कञ्चनपुर र दार्चुलाबीच हुने जनाइएको छ । साथै जेठ १२ गते अछाम र कञ्चनपुर तथा कैलाली र दार्चुला खेल्नेछन् ।

जेठ १३ गते कैलाली र कञ्चनपुर तथा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ । जेठ १४ गते समूह ‘ए’ विजेता र ‘बी’को विजेता उपाधिका लागि खेल्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिनेछ । 

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।