१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
Invalid date format o८:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एक अर्ब पाउन्ड खर्च हुँदा पनि नाउ क्याम्प तयार भएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५६:oo
  • सन् २०२३ देखि पुनर्निर्माण थालिएको बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्प मार्च २०२५ मा सकिनुपर्ने थियो, एक अर्ब २५ लाख पाउन्ड खर्च हुँदा पनि रंगशालाले पूर्णता पाउन सकेन

बार्सिलोनाले यस सिजनको स्पेनिस ला लिगाको उपाधि उचालिसकेको छ । बार्सिलोनाले उपाधि जितेको खुसियाली घरेलु मैदानमा मनाउन पाएन । बार्सिलोनाको विश्वचर्चित घरेलु मैदान नाउ क्याम्प अहिले पुनर्निर्माणको लगभग अन्तिम चरणमा छ । नाउ क्याम्पलाई विश्वकै एक उत्कृष्ट रंगशाला बनाउन बार्सिलोनाले अहिलेसम्म एक अर्ब २५ लाख पाउन्ड खर्चेको स्पेनिस मिडिया एल मार्काले जनाएको छ । यद्यपि, यो रंगशाला तयार हुन थप समय लाग्ने एल मार्काले जनाएको छ । 

सन् २०२३ को जुनदेखि नाउ क्याम्प रंगशालाको स्तरीयकरण र यसको क्षमता बढाउन पुनर्निर्माण थालिएको हो । रंगशाला पूरै तयार हुँदा यहाँ सहजै एक लाख पाँच हजार दर्शकले प्रतिस्पर्धा हेर्न पाउनेछन् । अहिले बार्सिलोनाले ओलम्पिक रंगशालालाई घरेलु मैदानका रूपमा प्रयोग गरिरहेको छ । ओलम्पिक रंगशालाको क्षमता ५७ हजार ६ सय ३७ रहेको छ । गत वर्षको २९ नोभेम्बरमा नाउ क्याम्पले आफ्नो स्थापनाको एक सय २५औँ वार्षिकोत्सव मनाएको थियो । 

सुस्त गतिमा निर्माण
ठेक्का पाएको कम्पनीले नाउ क्याम्पलाई चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्धको अन्तिम ‘एल क्लासियो’अगाडि नै तयार हुने भनेको थियो । पछिल्लो समयमा निर्माण कार्य सुस्त गतिमा हुँदा ‘एल क्लासियो’ यहाँ हुन पाएन । अहिले बार्सिलोनाका खेलाडीले नयाँ सिजन सुरु हुनुअगाडि नै ऐतिहासिक नाउ क्याम्प रंगशालामै अभ्यास र प्रतिस्पर्धा गर्न पाउने आशा राखेका छन् । प्रोजेक्ट डाइरेक्टर ज्याक्सले सन् २०२५–०२६ को सिजनमा रंगशालामा खेलाडीले प्रतिस्पर्धा गर्न पाउने जनाएका छन् । 

‘हामीले एल क्लासियोअगाडि नै रंगशालाको निर्माण पूरा गर्ने लक्ष्य राखेका थियौँ,’ ज्याक्सले भने, ‘केही प्राविधिक कारण लक्ष्यसम्म पुग्न सकेनौँ ।’ कम्पनीसँगको सम्झौताअनुसार मार्चको अन्त्यसम्म नाउ क्याम्प रंगशालाको पुनर्निर्माण सकिनुपर्ने थियो । तर, सुरुका दिनमा तीव्र गतिमा काम भए पनि पछिल्ला महिनामा यसको गतिमा ब्रेक लागेको ज्याकले बताए । उनका अनुसार रंगशालाको छत जडान कार्यमै ढिला भएको हो । 

‘हामीलाई सबैभन्दा काम गर्न कठिन भएको यसको छत राख्ने हो,’ उनले भने, ‘सम्भवतः नाउ क्याम्पको छत युरोपमा प्राप्त रंगशालामध्येकै बृहत् छ ।’ 

पुनर्निर्माण काम सम्पन्न भए बार्सिलोनाको नाउ क्याम्प युरोपकै आधुनिक रंगशाला बन्ने दाबी ज्याक्सले गरेका छन् । नाउ क्याम्प समयमै नसकिनुपछडि प्राविधिक पक्षबाहेक आर्थिक पक्ष मानिएको छ । गत सिजनमा खेलाडी भिœयाउन बार्सिलोनाले राम्रो दाम खर्चेको थियो । यसको प्रभाव रंगशालामा प¥यो ।