
कपिलवस्तु नगरपालिका– ८, मैनिहवाकी एक बालिकाको शुक्रबार दिउँसो रुखले च्यापेर मृत्यु भएको छ। हावाहुरी चलेको वेला बगैँचामा आँप टिप्न गएकी १४ वर्षीया सुखना केवटको रुखले च्यापिएर मृत्यु भएको हो।
घाइते केवटलाई कपिलवस्तु अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेकाे कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।