१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
रासस काठमाडौं
Invalid date format १६:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार संघको ६८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्नेछ, निजी क्षेत्रले नेपाली उद्योग तथा व्यापार क्षेत्रको विकासमा पुर्‍याउँदै आएको योगदान अतुलनीय छ।’

नेपाललाई औद्योगिक उत्पादन तथा निर्यातको नयाँ युगमा लैजान उद्योगी–व्यवसायीहरूसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै जाने सरकारको नीति रहेको मन्त्री भण्डारीको भनाइ थियो। साथै उनले औद्योगिक क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी, संरचनात्मक तथा प्रक्रियागत सुधारलाई प्राथमिकतामा राख्ने विषय प्राथमिकतामा रहेको जानकारी गराए।

उनले मोरङ उद्योग व्यापार संघजस्तो प्रतिष्ठित संस्थाले उद्योग–व्यापार क्षेत्रको सशक्त प्रतिनिधित्व गर्दै राज्य र निजी क्षेत्रबिचको सेतुका रूपमा खेल्दै आएको भूमिकाको सराहनासमेत गरे। नेपालकै ऐतिहासिक पहिलो उद्योग वाणिज्य संघ भएकाले यसले व्यावसायिक हकहित मात्रै नभएर समग्र सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरिरहेको मन्त्री भण्डारीले बताए।