
सिटिजन्स बैंक इन्टरनेसनलले धनुषाको एक विद्यालयलाई पंखा सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जनकपुरधाम गाउँपालिका– ४ स्थित श्री संकटमोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग प्रदान गरेकोे छ ।
उक्त विद्यालयमा करिब एक हजारजना बालबालिका अध्ययन गर्दै आइरहेका छन् । गर्मीको समयमा उनीहरूको पठनपाठनलाई सहज बनाउन बैंकले सो सहयोग प्रदान गरेको जनाएको छ ।
विद्यालयमा आयोजित एक समारोहबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप पंखा हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै उनले बैंकको यो सानो सहयोगले विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गरे ।
आगामी दिनमा पनि बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी गराए । बैंकले देशभरका दुई सय शाखा, एक सय ६८ एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आइरहेको छ ।