१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार ११:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार ११:१o:oo

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको छ । बिहीबारदेखि युरोलोजिस्ट सर्जन डा. सुशील खनियाँले सेवा सुरु गरेका हुन् । यो सेवा सुरु भएसँगै पिसाब, प्रोस्टेड र मिर्गौलामा परेको पत्थरी, पिसाबको नली, थैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिनेलगायतका सेवाहरू प्राप्त गर्ने अस्पतालका निमित्त निर्देशक डा. जनार्दन पन्थीले बताए । 

यसअघि यो सेवाका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था थियो । ‘स्थानीय स्तरमा यो सेवा दिन सुरु गरेका छौँ,’ उनले भने, ‘अब बाहिरी जिल्ला जानुपर्ने अवस्था रहनेछैन ।’ प्रतिष्ठानले जिल्लाबाहिर जाने अवस्थाको अन्त्यका लागि नयाँ–नयाँ सेवा सुरु गरिरहेकोसमेत उनको भनाइ थियो ।