
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्व टेस्ट च्याम्पियनसिप २०२३–२५ को फाइनलिस्टका लागि पुरस्कार राशि घोषणा गरेको छ । फाइनलिस्टको कुल पुरस्कार राशि ५.७६ मिलियन अमेरिकी डलर अर्थात् ४९.२७ करोड नेपाली रुपैयाँ रहेको छ ।
आइसिसीले यसपटक पुरस्कार राशिमा अघिल्लो दुई संस्करणको तुलनामा दोब्बरले वृद्धि गरेको हो । विजेता टोलीले ३.६ मिलियन अमेरिकी डलर अर्थात् ३०.८ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछ । सन् २०२१ र २०२३ को विजेताले १.६ मिलियन डलर पाएको थियो ।
इंग्ल्यान्डको लड्स मैदानमा ११ देखि १५ जुनसम्म दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच उपाधि भिडन्त हुनेछ । उपविजेताले २.१६ मिलियन अमेरिकी डलर अर्थात् १८.५ करोड नेपाली रुपैयाँ पाउनेछ । अघिल्लो संस्करण तुलनामा यसपटक उपविजेता टोलीको पुरस्कार राशि आठ लाख अमेरिकी डलर बढाइएको छ । दक्षिण अफ्रिकाले अंक तालिकामा शीर्ष स्थान रहँदै अन्तिम दुई स्थान पक्का गरेको थियो ।
दक्षिण अफ्रिकाले फाइनल सुरक्षित गर्ने क्रममा पाकिस्तान, वेस्ट इन्डिज, बंगलादेश र श्रीलंकालाई हराएको थियो । दक्षिण अफ्रिकाले भारतसँगको घरेलु शृंखला बराबरीमा सकाएको थियो । दक्षिण अफ्रिकाले पहिलोपटक फाइनलमा स्थान बनाएको हो । अस्ट्रेलिया लगातार दोस्रोपटक फाइनल पुगेको हो ।