
नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू उपयुक्त दिशातर्फ उन्मुख रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद महतले यस्तो बताएका हुन्।
आगामी आर्थिक वर्षको बजेटले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूलाई समेटेर ठोस प्रस्तावहरू ल्याउन सक्नुपर्ने बताए। उनले बढ्दो लोकप्रियतावादबाट माथि उठ्न जरुरी रहेको रहेको बताए। उनले दलका शीर्ष नेतृत्व नै लोकप्रियताका लागि प्रतिस्पर्धामा उत्रिँदा मुलुकमा अनावश्यक अपेक्षा सिर्जना गरेको बताए। उनले बजेट निर्माणका क्रममा उपलब्ध साधनस्रोतको प्रभावकारी उपयोग र प्राथमिकीकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।
उनले भने, ‘समग्रमा अर्थमन्त्रीद्वारा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता उपयुक्त दिशातर्फ उन्मुख छ। मूलभूत रूपमा आउने दिनमा कार्यान्वयनको अवस्था के रहनेछ रु. बजेटले यी सिद्धान्त र प्राथमिकताहरूलाई समेटेर अगाडि बढ्न ठोस प्रस्तावहरू कसरी ल्याउँछ। तर, यसमा केही कुराहरू छन्, जसमा हामी अझै ठोस ढंगबाट प्रस्तुत हुन सक्थ्यौँ। अहिलेको अवस्था के छ भने लोकप्रियतावादबाट हामी अगाडि बढ्न जरुरी छ।