
नेपाल र बहराइनबिचको खेल वर्षाले अवरुद्ध भएको छ । थाइल्यान्डमा जारी आइसिसी महिला टी-२० विश्वकपको एसिया छनाेटअन्तर्गत नेपाल र बहराइनबिचको खेल पहिलो इनिङको १२.४ ओभरपछि रोकिएको हो ।
यस खेलमा बहराइनले टस जितेर पहिला ब्याटिङ गरिरहेको थियो । बहराइनले वर्षाले खेल रोकिनुअघि १२.४ ओभरमा तीन विकेट गुमाउदै ७६ रन बनाएको थियो ।
नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध वर्षाले रद्द भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो । त्यस्तै, बहराइनले खेलेका दुई खेलमा एक हार र एक खेलमा अंक बाँडेको छ ।
नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्न यो खेल जित्नैपर्ने अवस्था छ भने अर्को खेलमा बहराइनले हङकङ चाइनालाई पराजित गर्नुपर्ने देखिएको छ ।
कुल नाै देशले भाग लिने यस एसिया छनाेटमा नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ रहेका छन् । एसिया छनाेटको समूह एमा भुटान, कुवेत र थाइल्यान्ड रहेका छन् भने समूह बीमा मलेसिया, कतार, युएई रहेका छन् ।
समूहमा हरेक टिमले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि समूह विजेता तीन देशले फाइनल राउन्ड खेल्नेछन् । फाइनल राउन्डमा एक–अर्काविरुद्ध खेलेपछि शीर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनाेट हुनेछन् ।