
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर जलसागरमातहतको बिओपी मनराले गस्ती गर्ने क्रममा भारत तस्करी गर्न लागिएको ५९ किलो तयारी गाँजा नियन्त्रणमा लिएकाे छ । मंगलबार मध्यबिहान मनरा सिस्वा नगरपालिका– ९ बथनाहास्थित सीमानजिकैको क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक योगेशकुमार खड्का नेतृत्वको टोलीले केही मानिसहरू भारी बोकेर उखुघारी हुँदै पोकाहरू सीमा कटाउन लागेको देखेर समात्न खोजेपछि भरियाहरू भागेका थिए ।
मदिरा तस्करीको आशंकामा उनीहरूलाई समात्न खोजेको टोलीले फालिएको पोकाभित्र गाँजा फेला पारेको हो । पक्राउ परेको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएकाे सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर जलसागरका गणपति एसपी पुरन चन्द्र भट्टले बताए ।