Skip This
जनमत प्रदेश सांसद गीता गुरुङको राजीनामा : तर, पार्टी र संसद् सचिवालयलाई छैन जानकारी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format o७:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जनमत प्रदेश सांसद गीता गुरुङको राजीनामा : तर, पार्टी र संसद् सचिवालयलाई छैन जानकारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५५:oo

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएको चर्चा मंगलबार सञ्चारमाध्यममा छाएको छ । तर, राजीनामाको आधिकारिक जानकारी उनीआबद्ध जनमत पार्टी तथा संसद् सचिवालयलाई मंगलबार साँझसम्म छैन । गुरुङका श्रीमान् कैलाश गुरुङ सभामुख तुलाराम घर्तीमगरलाई राजीनामापत्र बुझाउन हिँडेको भन्दै केही सञ्चारमाध्यममा समाचार आए पनि साँझ पौने ६ बजेसम्म संसद् सचिवालयमा त्यससम्बन्धी जानकारी छैन ।

सभामुख घर्तीमगरले गुरुङको राजीनामा सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको बताए । जनमत पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सांसद गुरुङ लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र राजीनामापत्र पनि नआएको बताए । सञ्चारमाध्यममा राजीनामाबारे देखेको भन्दै उनले पार्टीलाई कुनै जानकारी नगराएको बताए । ‘उहाँ संसद्मा पनि निकै कम उपस्थित हुनेमा पर्नुहुन्छ, २५ प्रतिशत पनि उहाँको उपस्थिति छैन, संसदीय दलको बैठकमा आउनुभएकै छैन । अहिले मोबाइल स्विच्ड अफ छ, मुलुकबाहिर हुनुहुन्छ भन्ने सुनेका छौँ,’ गुप्ताले भने ।

केही दिनअघि प्रदेश समितिको बैठकमा गुरुङबारे आफूले कुरा राखेको उनले बताए । ‘आज राजीनामाको हल्ला आएपछि पार्टी केन्द्रमा पनि कुरा राखेँ, राजीनामा आए स्वीकृत गरिदिनू भन्ने निर्देशन छ, तर राजीनामा आएको थाहा छैन,’ गुप्ताले भने । गीता दुई महिनादेखि बेलायतमा बस्दै आएको चर्चा चले पनि यसबारे उनका श्रीमान् कैलाश गुरुङसँग सम्पर्क गर्न खोज्दा उनको पनि मोबाइल स्विच्ड अफ थियो ।

सभामुखलाई सम्बोधन गरिएको चर्चामा आएको सांसद गुरुङको राजीनामापत्रमा जनताले तिरेको करबाट पारिश्रमिक लिन उपयुक्त नठानेको उल्लेख छ । राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने आफ्नो मान्यता रहेको जनाइएको छ । गुरुङ सिके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक कोटामा प्रदेश सभामा निर्वाचित भएकी थिइन् । लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले पनि समाचारमा राजीनामा आएको कुरा आए पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए । गीताका श्रीमान् कैलाश भने केही साताअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए ।

लुम्बिनीका सभामुख तुलाराम घर्तीमगर भन्छन्–
मिडियामा मात्रै समाचार आयो, सांसदले मलाई फोन पनि गर्नुभएको छैन, मलाई राजीनामा पनि दिनुभएको छैन । उहाँआबद्ध दलले अहिलेसम्म कुनै सूचना जारी गरेको छैन । सम्बन्धित माननीयले सभामुखसमक्ष आएर राजीनामापत्र दिनुपर्‍यो । कि त उहाँआबद्ध दलले उहाँलाई कारबाही गरेको संसदीय दलको आधिकारिक लेटरप्याडमा हाम्रो दलमा छैन्न भनेर आधिकारिक रूपमा सूचना दर्ता गर्नुपर्‍यो । विनासूचना प्रदेश सभा बैठकमा लगातार १० पटक उपस्थित नभएमा हटाउने प्रावधान छ, तर अहिले यी तीनवटै प्रावधान यहाँ लागू भएको अवस्था छैन । पछिल्लोपटक उहाँले बिदा लिनुभएको हो । बिदा लिएर उहाँ कहाँ जानुभएको छ भन्ने जानकारी छैन ।