Skip This
चलचित्र ‘कोशेढुंगा’को प्रदर्शन मिति तय
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१७:oo
Read Time : < 1 मिनेट
सप्तरंग

चलचित्र ‘कोशेढुंगा’को प्रदर्शन मिति तय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१७:oo

बहुचर्चित चलचित्र ‘पूर्णबहादुरको सारंगी’को लेखन र निर्देशन गरेका सरोज पौडेलद्वारा निर्देशित ‘कोशेढुंगा’को प्रदर्शन मिति तय भएको छ। आगामी १२ भदौदेखि देशभरका सिनेमा हलमा प्रदर्शन गर्ने गरी तयारी भइरहेको निर्माण पक्षको भनाइ छ।  

निर्देशक पौडेलका अनुसार ‘कोशेढुंगा’ चलचित्रमा पनि ‘पूर्णबहादुरको सारंगी’ले झैँ मार्मिक र मन छुने कथा बोकेको छ। चलचित्रको कथावस्तुले नेपाली माटो बोकेको छ, यो चलचित्रमा पहिलेभन्दा मिहिनेत गरेको उनी बताउँछन्। उनले भने, ‘कोशेढुंगा नेपाली चलचित्रको वास्तवमै कोशेढुंगा बन्नेमा ढुक्क छुँ।’

दिनेश खड्का कार्यकारी निर्माता रहेको ‘कोशेढुंगा’का निर्माताहरूमा प्रेबिल कँडेल र किशोर अनुराग रहेका छन्। नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र कोशेढुंगामा निदेश अधिकारी मुख्य सल्लाहकार छन्। 

चलचित्रमा आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, सरोज खनाल, ऋचा शर्मा, मन्जिल कुमार, प्रविन खतिवडा, लोकमणि सापकोटा, दिनेश काफ्लेलगायतको मुख्य भूमिका रहेको छ। चलचित्रलाई बाबु श्रेष्ठले छायांकन गरेका छन् । खेम सेन्चुरी, आशिष अबिरल, रिदम कँडेललगायतले चलचित्रको संगीतमा काम गरिरहेका छन्।

‘पूर्णबहादुरको सारंगी’ स्टोरी बैंकमा दर्ता
निर्देशक पौडेलको लेखन एवं निर्देशनको चलचित्र पूर्णबहादुरको सारंगीलाई चलचित्र विकास बोर्डको स्टोरी बैंकमा दर्ता भएको छ। यसरी स्टोरी बैंकमा दर्ता भएपछि उक्त चलचित्रको नाममा अरू चलचित्र नबनाउने सोचमा छन् निर्देशक पौडेल। आफ्नो रेकर्ड आफ्नै चलचित्रले तोड्नुभन्दा अन्य राम्रा कथामा नयाँ चलचित्र बनाउनुपर्छ भनेर उनीले आफ्नै लेखन रहेको चलचित्र ‘कोशेढुंगा’को निर्देशनमा लागेका हुन्।