Skip This
चोरमाराको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्द
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २२:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

चोरमाराको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:५१:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार पुल केही भासिएकोले मर्मत नगरी यहि पुलबाट गाडी चलाउन सक्ने अवस्था छैन ।
डाईभरसनको प्रयास भइरहेको तर भोलि बिहानसम्म डाईभर्सनको सम्भावना नरहेको उनले बताए । पुल भाँचिएको ठाउँमा तत्काल डाईभर्सन गर्ने ठाउँ नभएको र नयाँ पुल पनि नबनेकाले लामो समय यातायात अवरुद्ध हुनसक्ने देखिएको छ ।

म.प्र.०३–००१ क ३१६३ नम्वरको १८ चक्के टेलर किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जाँदै गर्दा भाँचिएकाे हो । करिब तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेको थियो । हाल पुनः समस्या देखिएपछि यात्रुहरू अलपत्र परेका छन् भने सवारी साधनलाई आवागमनमा समस्या भएको छ।

पुल कमजोर बन्दै गएपछि जोखिम कम गर्न डाईभर्सनमार्फत यातायातलाई एकतर्फी बनाउने प्रयास भईरहे पनि तत्काल सम्भव नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका पमुख, प्रहरी निरीक्षक जनक बन्जराले बताए ।

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
प्रहरीले यात्रु र चालकलाई सजग रहन आग्रह गरेको छ। पुल पूर्ण रूपमा बन्द भएपछि अन्य कुनै वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । स्थानीयले पुलको तत्काल मर्मत आवश्यक रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका थिए।

गत  २६ पुस भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित बिनयी खोलाको पुल पनि भाँचिएको थियो । पुल भाँचिएपछि बनाइएको डाइभर्सन पनि दुई पटक खोलाले बगाउँदा यातायात आवागमनमा समस्या भएको थियो ।

यसअघि नवलपुरको गैँडाकोटको जय श्री पुल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए । जीर्ण अवस्थामा रहेका यी पुल १० बर्षदेखि मर्मत गर्दै सञ्चालनमा छन् ।