Skip This
रेसुंगा विमानस्थलबाट सातामा तीनपटक उडान हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेसुंगा विमानस्थलबाट सातामा तीनपटक उडान हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३८:oo

यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीनपटक उडान हुने भएको छ।

विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीनपटक सेवा दिने रेसुंगा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले जानकारी दिएका हुन्।

नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको ट्विनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ। नेपाल एयरलाइन्सका  जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो । रेसुंगा–काठमाडौंका लागि रु. सात हजार ८० र काठमाडौंं–रेसुंगा रु. सात हजार दुई सय ८० भाडादर कायम छ।

मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए।

निगमको १८ सिट क्षमताको जहाजले  बिहान ६ः१० बजे काठमाडौंबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ।