१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन प्रदेशमा एनआइसी एसिया लघुवित्तको वित्तीय साक्षरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१२:oo

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले तीनवटा प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । लघुवित्तले २६ र २७ वैशाखमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम गरेको हो । त्यस्तै, लघुवित्तले आधारभूत बाख्रापालन र सुन्तला खेती तालिमको समेत आयोजना गरिएको जनाएको छ । 

कार्यक्रम पाउदुर, सिरानचौर, अमरापुरी, ठाकुरद्वारा, बागचौर, छायाक्षेत्रलगायतका शाखाबाट गरिएको थियो । जसमा स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, तीनवटै प्रदेशका अनुगमन अधिकृत, शाखा प्रमुख र अन्य कर्मचारीसमेतको उपस्थिति थियो । साथै, वित्तीय साक्षरता कार्यक्रम, आधारभूत बाख्रापालन संस्थामा आबद्ध करिब अढाई सयजना सदस्यले सहभागिता जनाएको पनि लघुवित्तले जनाएको छ ।